युवा नेता ज्ञानेन्द्र यादवको अगुवाइमा फतुवा विजयपुर नपाका हरेक गर्भवती तथा सुत्केरी महिलालाइ पोषणयुक्त खाद्य समाग्राही वितरण

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१५ श्रावण ।युवा नेता ज्ञानेन्द्रप्रसाद यादवद्वारा फतुवा विजयपुर नगरपालिकाका १ देखि ११ नम्बर वडाका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको हो।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लोकप्रिय युवा नेता ज्ञानेन्द्रप्रसाद यादवको अगुवाइमा, मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयको सहयोगमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका वडाहरू १ देखि ११ सम्मका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरिएको छ।

स्वास्थ्य तथा पोषण प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रममार्फत नगरपालिकाभित्रका दर्जनौं महिलाहरूलाई आवश्यक पोषणयुक्त सामग्री प्रदान गरिएको हो।

नगरपालिका क्षेत्र भित्र बसोवास गर्ने गर्भवती तथा सुत्केरी महिलालाई घरदैलोमा पुगेर पोषणयुक्त खाद्य समाग्रीह मेयर अम्बेया खातुन र संबंधित वडा अध्यक्षको रोहवरमा वितरण गरिएको देखिन्छ ।  कार्यक्रमका संयोजक यादवले यस्तो प्रकारको सामाजिक अभियानले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा अझ व्यापक ढंगले यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय