रौतहट, १५ श्रावण । हिन्दु धर्ममा योगी, जोगी एवं गन्धर्वहरु साँरंगी रेट्दै गित सुनाउएर आफनो जिवकोपार्जन गर्ने गरेको भएपनि त्यही जोगीको भेषमा साँरंगी रेट्ने गैर हिन्दु जोगीहरुको पोल रौतहटको माधवनारायणका स्थानीयहरुले खोलिदिएका छन् ।
जोगी (साधु) को पहरिनमा गैर हिन्दुहरु गाउँ गाउँमा घुमी सर्वसाधारणलाई गित सुनाए वापत खानेकुरा, लुगाफाटाहरु माग्दै विहिवार माधवनारायण नगरपालिकाको मिठुअवामा गाउँमा पुग्दछ, उनले बोलेको भाषा बुझ्न अलि गाह्रो लाग्दा केही बासिन्दाहरुले उनको नाम र बुवाको नाम सोध्दा बताउन सकेनन ।
स्थानीयहरु दुई जना साँरंगी रेट्ने जोगी माथि दवाव बनाउदा अन्ततः उनले भारत उत्तर प्रदेश बलरामपुर उत्तर प्रदेशको आधार कार्ड देखाएपछि उनी गैर हिन्दु रहेको पाइयो । झट् हेर्दा उक्त आधार कार्ड नक्कली जस्तो लाग्दा स्थानीयहरुले तिमी बंगलादेशी वा रोहंगीया हो भनेर निकै प्रश्न गरे तर उनीहरुले मुख खोलेन ।
स्थानीयको घेराबन्दीमा परेका ति नक्कली जोगीले भने १५ जनाको समुह रहेको छ । यमुनामाईको झुनखुनवामा डेरा लिएर बसेका छौ । विहान हुना साथ सबै आ आफना एरियामा गएर गित सुनाएर माग्ने गरेको बताए । स्थानीय बासिन्दाहरु जिल्ला प्रहरी कार्यालय गौरलाई खवर गर्दा समेत प्रहरीबाट कुनै उत्सुक्ता नदेखाउदा कतै अप्रिय घटना नघटुन भनेर दुबै जनालाई छाडिदिएको श्रोतबाट बुझिएको छ ।
स्मरणीय रहोस, योगी, जोगी वा साँरंगी रेट्ने गन्धर्वको भेषमा गैर हिन्दुहरु रौतहट जिल्लामा यत्रतत्र घुम्दै छ । उनीहरु भारत उत्तर प्रदेशका आधार कार्ड बोकेका छन् । झट हेर्दा ति आधारकार्ड नक्कली जस्तो लग्दै छ । उनीहरुको नाम ठ्याकै बंगलादेशका रोहंगीया जस्तो मेल खाईरहेको अवस्थामा स्थानीय प्रहरी प्रशासन पनि सचेत भएर त्यस्ता व्यक्तिहरुको रेकी गर्नु आवश्यक रहेको देखिन्छ ।