बालेन साह र सुदन गुरुङ बिरुद्ध रौतहट प्रहरीमा उजुरी गौर ,२७ असोज।राष्ट्रिय युवा संघ रौतहट जिल्ला कमिटिले रौतहटको सदरमुकाम गौरमा बृहत मोटरसाइकल र्याली गदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएका छन । सोमबार युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र जिल्ला इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा युवाहरूले सोमबार उक्त उजुरी दिएका हुन् । उजुरीमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मेयर शाह र गुरुङले भीडलाई उक्साएर रौतहटलगायत देशका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप लगाइएको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५(२) बमोजिम अपराध गरेको दाबी गर्दै उनीहरूलाई कानुनी कारबाहीको माग गरिएको छ । यसअघि युवा संघका कार्यकर्ताहरूले गौरमा मोटरसाइकल ¥याली निकालेर विरोध प्रदर्शन गरेका थिए । बजरंगी गुप्ताले मेयर शाह र गुरुङले देशभर हिंसा र अराजकता फैलाएको आरोप लगाउँदै तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा रौतहटमा दर्जनौं सरकारी कार्यालय र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । र्याली शान्तिपुर्वक गर्न नेकपा एमालेका केन्द्रिय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले युवाहरुलाइ सुझाब दिनुभएको थियो । र्यालीमा युवा संघका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो । आजै मधेश प्रदेशको बारा,पर्सा,धनुषा,सर्लाही लगायतका जिल्लाहरुमा युवा संघले बालेन र सुदन बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन

पछिल्लाे समाचार

गौर ,२७ असोज।राष्ट्रिय युवा संघ रौतहट जिल्ला कमिटिले रौतहटको सदरमुकाम गौरमा बृहत मोटरसाइकल र्याली गदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएका छन । सोमबार युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र जिल्ला इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा युवाहरूले सोमबार उक्त उजुरी दिएका हुन् । उजुरीमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मेयर शाह र गुरुङले भीडलाई उक्साएर रौतहटलगायत देशका विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप लगाइएको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५(२) बमोजिम अपराध गरेको दाबी गर्दै उनीहरूलाई कानुनी कारबाहीको माग गरिएको छ । यसअघि युवा संघका कार्यकर्ताहरूले गौरमा मोटरसाइकल ¥याली निकालेर विरोध प्रदर्शन गरेका थिए । बजरंगी गुप्ताले मेयर शाह र गुरुङले देशभर हिंसा र अराजकता फैलाएको आरोप लगाउँदै तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा रौतहटमा दर्जनौं सरकारी कार्यालय र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । र्याली शान्तिपुर्वक गर्न नेकपा एमालेका केन्द्रिय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले युवाहरुलाइ सुझाब दिनुभएको थियो । र्यालीमा युवा संघका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो । आजै मधेश प्रदेशको बारा,पर्सा,धनुषा,सर्लाही लगायतका जिल्लाहरुमा युवा संघले बालेन र सुदन बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन

spot_imgspot_img
spot_img

लोकप्रिय