अरविन्द कुमार यादव
रौतहट, २२ असोज । बिरेन्द्र राज मार्ग हाईबे सडक खण्डबिच बस दुर्घटना भएको हो,जसमा यात्राहरु स्कुल निकिलिएका हुन् । गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने सपगढा लचकामा यात्रुबाहक बस अनियन्त्रित भई खाल्डोमा कोल्टो फेर्दा ठूलो मानविय क्षति हुनबाट जोगिएका छन् ।
चपुरको लागि खुलिएको बस गौरको सबगढामा दुर्घटनामा परिएको छ।गौरबाट चन्द्रपुर तर्फ जाँदै गरेका ना. ४ ख. ५३१८ नम्वरको यात्रुबाहक बस गौर नगरपालिका–६ स्थित सपगढा लचकामा बुधवार विहान १०.७ मिनेटको समयमा अनियन्त्रित भई खाल्टोमा कोल्टिएका हुन् ।
बाढीको पानीका अत्याधिक बहावको कारण उक्त बस कोल्टिएपनि कुनै मानविय क्षति हुन पाएन । बस कोल्टिना साथ स्थानीय बासिन्दाहरु तत्कालै सबै यात्रुहरुलाई सकुशल उद्धार गरेर बाहिर निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।