रौतहट, २२ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग, दुर्गा भगवती गाउँपालिकाको समन्वय तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटको प्राविधिक सहयोगमा दुर्गा भगवती गाउँपालिका–२ स्थित सरस्वती मावीमा शनिवार विहान ९ बजे देखि ३ बजे सम्म संचालन भएको निःशुल्क आँखा शिविरमा २२८ जनाले आँखाको परिक्षण गरका हुन् ।
शिविरमा ११९ जना महिला र १०९ जना पुरुष गरी २२८ जनाको आँखाको परिक्षण गरिएको जानकारी दिदै गौर आँखा अस्पतालको कर्मचारी एवं शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले १२६ जनालाई औषधी, ७ जनालाई चश्मा निःशुल्क रुपमा वितरण गरिएको बताए ।
८२ जनाको आँखामा मोतिबिन्दु भएको हुँदा उनीहरुलाई निःशुल्क रुपमा शैल्यक्रिया गरिने बताउदै कार्यक्रम संयोजक पाण्डेले अस्पतालको बसबाट आईतवार, सोमवार र मंगलवार गौर आँखा अस्पतालमा लगेर शैल्यक्रिया गरी भोली पल्ट पुनः विरामीहरुको घरदैलो समक्ष पुर्याइदिने जानकारी दिए ।
शिविर उदघाटन शत्रमा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह गौर आँखा अस्पतालका प्राविधिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।तराई टप

