अस्पताल गौरमा दरबन्दी भइ काजमा अन्य ठाउमा गएका चिकित्सक तथा कर्मचारीहरुलाइ अस्पतालमै फर्काउने

पछिल्लाे समाचार

रौतहट ,२० कार्तिक ।रौतहटको सदरमुकाम गौरमा अवस्थित प्रादेशिक अस्पताल गौरमा दरबन्दी भइ काजमा अन्य ठाउमा गएका चिकित्सक तथा कर्मचारीहरुलाइ अस्पतालमै फर्काउने भएको छ । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अबधेश यादबले अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ती नहुदा काम कार्वाही मै समस्या हुने हुदा गौर अस्पतालमा दरबन्दी भएकाहरुको काज सरुवा फिर्ता गर्ने बताउनु भएको छ । गत असोज २३ गते अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका यादबले गौर अस्पातलको बिभिन्न पक्षको सुधार गर्नुपर्ने देखिएको हुदा आफु त्यसको लागी सक्रिय भएको बताउनु भयो ।
‘पहिलो प्राथमिकता अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन हो। दरबन्दी भएर जिल्ला बाहिर काजमा रहेका डाक्टर र कर्मचारीलाई फर्काउने प्रक्रिया सुरु गरेका छौ साथै, आपतकालीन सेवा, प्रसूति सेवा र ल्याब सेवा अझ सशक्त बनाउने योजनामा छौं’ अध्यक्ष यादबले भन्नुभयो ।
अस्पतालमा आउने बिरामीलाई सहज, छिटो र मर्यादित तरिकाले उपचार पाउने वातावरण बनाउनु आजको आवश्यकता हो त्यसका लागि टिकट प्रणाली सुधार, बिरामी कक्ष विस्तार, स्वच्छता र औषधि आपूर्तिमा ध्यान दिने साथै, डाक्टर र नर्सहरूको नियमित उपस्थितिलाई सुनिश्चित गरिने समेत अध्यक्ष यादबले बताउनु भएको छ ।
निकट भबिष्यमा नै अस्पतालको सफाइ, उपचार प्रणाली र औषधि वितरणमा उल्लेखनीय सुधार देखिने उहाले बताउनु भयो । धेरै नागरिकको ज्यान बचाउने यो अस्पताल जनताको हो, त्यसैले जनताको विश्वास जित्नु नै हाम्रो पहिलो लक्ष्य हो, सबै चिकित्सक, कर्मचारी र स्थानीय सरोकारवालासँग मिलेर गौर अस्पताललाई उत्कृष्ट अस्पताल बनाउने अध्यक्ष यादबले प्रतिबद्धता जनाउनु भएको छ।प्रतिक्षा अनलाइन

spot_imgspot_img
spot_img

लोकप्रिय