गौरमा सात दलिय मोर्चाको प्रदर्शन

पछिल्लाे समाचार

गौर,२७ कार्तिक ।रौतहटको गौरमा सात दलीय गठबन्धनले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै सात दलीय गठबन्धनले आज बिहिबार जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन।

गठबन्धनमा आवद्ध विभिन्न दलका नेता तथा कार्यकर्ताहरूको सहभागितामा भएको प्रदर्शनमा संविधान र लोकतान्त्रिक अभ्यासको रक्षा गर्न माग गर्दै नाराबाजी गरिएको थियो। प्रदर्शनकारीहरूले “संविधान विपरीत गरिएको मुख्यमन्त्री नियुक्ति फिर्ता गर”, “शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन बन्द गर”, “जनकपुरमा सात दलका सभासद र कार्यकर्तामाथि भएको प्रहरी दमनको छानबिन गर” जस्ता नारा लगाएका थिए।

गठबन्धनका नेताहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक प्रावधान र बहुमतको सिद्धान्त विपरीत गरिएको दाबी गर्दै त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

जनकपुरमा सात दलीय गठबन्धनका सभासद र कार्यकर्तामाथि भएको प्रहरी दमनको विरोधमा पनि प्रदर्शन केन्द्रित भएको थियो। प्रदर्शनकारीहरूले दोषी अधिकारीमाथि कारबाही र आन्दोलनको निष्पक्ष छानबिनको माग गरेका छन्।

गौरमा सम्पन्न प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि सहभागीहरूले आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउने चेतावनी दिएका छन।

प्रदर्शनमा नेपाली काङ्ग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव, ​जसपा नेपालका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, किरण ठाकुर, मधेश प्रदेश सदस्य अनिता यादव,जिल्ला उपाध्यक्ष अमरुल हक, लोसपा पार्टीका उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेस प्रदेश सचिव ओम लोक पटेल, नेकपा (एकीकृत समाजवादी)का नेता एवं केन्द्रीय सदस्य रेवन्त झा,​नेकपा (माओवादी केन्द्र): गौर नगर अध्यक्ष चन्देश्वर राउत,नेपाली काङ्ग्रेसका -१ न क्षेत्रीय अध्यक्ष श्री राम यदव, गौर नगर अध्यक्ष मोहन यादव,​जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय