मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे गृहप्रवेश

पछिल्लाे समाचार

जनकपुरधाम, २६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शुक्रबार पूजापाठ र स्वस्ति वाचनसहित विधिवत रूपमा मुख्यमन्त्री निवासमा गृहप्रवेश गरेका छन् ।

स्थानीय ब्राह्मणद्वारा वैदिक मन्त्रोच्चारण र पूजा–अर्चना गराई यादवले नयाँ जिम्मेवारीको शुभारम्भ गरेका हुन् ।

नेपाली कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्री यादवले शुभ मुहूर्तमा निवास प्रवेश गरेको जानकारी दिए ।

मधेश प्रदेशको राजनीतिमा नयाँ अध्याय सुरु भएको यो औपचारिक कार्यक्रमलाई कांग्रेस नेताहरूले ‘शुभ संकेत’ बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय