नयाँ प्रमुख धिरेन्द्र कुमार यादव आएपछि गौर वितरण केन्द्रमा बक्यौता संकलन तीव्र

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट,१ पुस।गौर वितरण केन्द्रमा नयाँ प्रमुखका रूपमा धिरेन्द्र कुमार यादवले जिम्मेवारी सम्हालेपछि लामो समयदेखि थन्किएको बक्यौता रकम संकलन प्रक्रिया तीव्र बनेको छ। यसअघि विभिन्न प्रशासनिक कमजोरी र अनुगमनको अभावका कारण उठ्न नसकेको बक्यौता पछिल्ला दिनहरूमा धमाधम असुली हुन थालेको हो।

वितरण केन्द्र स्रोतका अनुसार प्रमुख यादवले पदभार ग्रहण गरेलगत्तै केन्द्रको समग्र अवस्थाबारे अध्ययन गर्दै बक्यौता संकलनलाई पहिलो प्राथमिकतामा राखेका छन्। उनले बक्यौता रहेका उपभोक्ता, ठेक्केदार तथा सम्बन्धित निकायलाई लिखित तथा मौखिक सूचना दिँदै समयमै रकम बुझाउन निर्देशन दिएका थिए। त्यसको सकारात्मक प्रभाव देखिन थालेको स्रोतको दाबी छ।

यसअघि केन्द्रमा बक्यौता रकम अत्यधिक बढ्दै गए पनि त्यसको नियमित अनुगमन हुन सकेको थिएन। बक्यौता नउठ्दा केन्द्रको आर्थिक अवस्था कमजोर बन्दै गएको र सेवा विस्तार तथा मर्मतसम्भारमा समेत समस्या उत्पन्न हुँदै आएको थियो। तर नयाँ नेतृत्व आएपछि कर्मचारीलाई जिम्मेवारीसहित परिचालन गरिएको र नियमित अनुगमन संयन्त्र सक्रिय बनाइएको बताइएको छ।

केन्द्रका एक कर्मचारीका अनुसार, “पहिले बक्यौता उठाउने विषयलाई गम्भीर रूपमा लिइँदैनथ्यो। अहिले प्रमुखज्यू आएपछि दैनिक प्रगति विवरण माग्ने र फिल्ड अनुगमन गर्ने व्यवस्था गरिएको छ।”

spot_imgspot_img
spot_img

लोकप्रिय