राजकुमार दास तत्मा रौतहट–४ बाट जसपा नेपालको आधिकारिक छनोट

पछिल्लाे समाचार

अरबिन्द कुमार यादव

रौतहट, १ पुस। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट राजकुमार दास तत्माको नाम एकल रूपमा सिफारिश गरेको छ।

पार्टीको क्षेत्रीय तथा जिल्ला तहका नेताहरूबीच भएको छलफलपछि तत्माको नाममा सहमति जुट्दै एकल सिफारिश गरिएको हो।

पार्टी स्रोतका अनुसार, राजकुमार दास तत्मा लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

स्थानीय स्तरमा राम्रो पकड, जनताको समस्याप्रति संवेदनशीलता र पार्टीप्रतिको निष्ठाका कारण उनको नाम एकल रूपमा अघि सारिएको नेताहरूको भनाइ छ।

जसपा नेपाल रौतहटले क्षेत्र नं. ४ मा पार्टीको पकड अझ मजबुत बनाउन सक्ने सक्षम र लोकप्रिय उम्मेदवारको रूपमा तत्मालाई अघि सारेको जनाएको छ।

अब उक्त सिफारिश पार्टीको केन्द्रिय समितिमा पठाइनेछ, जहाँबाट अन्तिम निर्णय हुने बताइएको छ।

पार्टीका स्थानीय नेताहरूले राजकुमार दास तत्माको उम्मेदवारीले रौतहट–४ मा जसपा नेपालको चुनावी रणनीतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय