अरविन्द कुमार यादव
गौर,२ पुस।रौतहटको राजपुर नगरपालिका वडा नं. २ अन्तर्गत सहायक पाँचौँ ना.सु. पदमा कार्यरत मोहम्मद समिउल्लाह ज्यु आज बिधिवत रूपमा अनिवार्य अवकाशमा प्रवेश गर्नुभएको अवसरमा उहाँलाई उच्च सम्मानका साथ औपचारिक रूपमा विदाई गरिएको छ ।
उक्त सम्मानजनक विदाई कार्यक्रम नगर प्रमुख डा. राजिक आलम ज्युको प्रमुख आतिथ्य तथा नेतृत्वमा सम्पन्न भयो कार्यक्रममार्फत लामो समयदेखि नगरपालिकाको प्रशासनिक सेवामा इमान्दारी, निष्ठा र समर्पणका साथ योगदान पुर्याउनुभएको मोहम्मद समिउल्लाह ज्युको कार्यको उच्च मूल्याङ्कन गरियो ।
विदाई समारोहमा जनप्रतिनिधि, कर्मचारी तथा उपस्थित शुभेच्छुकहरूले उहाँको सेवाकालको स्मरण गर्दै नगरपालिकाको सेवा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे। साथै, उहाँको आगामी जीवन स्वस्थ, सुखमय र सम्मानित रहोस् भन्ने शुभकामना व्यक्त गरियो ।
आज सम्पन्न यस विदाई कार्यक्रमले सेवा निवृत्त कर्मचारीप्रतिको सम्मान, कदर र संस्थागत संस्कारलाई उजागर गर्दै भावी पुस्ताका कर्मचारीहरूका लागि पनि प्रेरणादायी सन्देश दिएको छ ।

