आज शोक विदा राजपुर नगरपालिकामा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,६ पुस।रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै सवारी चालक होदाको निधनमा आइतवार एक दिनका लागि नगरपालिका कार्यालय तथा मातहतका कार्यालय बन्द रहने जानकारी गराउनुभएको छ ।

नगरपालिकाले सवारी चालक होदाको निधनप्रति दुःख समेत व्यक्त गरेको छ । सवारी चालक होदाको गएको शुक्रबार राति ९ बजेको समयमा निधन भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय