अरविन्द कुमार यादव
गौर,६ पुस।राजपुर नगरपालिकामा एक दिने आखा शिविर संचालन हुदै छ।रौतहट क्षेत्र नम्बर २ अन्तर्गत रहेको राजपुर नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आखा अस्पताल निजगढ -९ बाराको संयुक्त आयोजनामा आखा शिविर संचालन पुस ७ गते सोमबार हुनेछ ।
नगर क्षेत्र भित्रका आखा विरामीलाई चेकजाँच गरि मोतीबिन्दुका बिरामीहरुलाई निजगढ तिलगंगा सामुदायिक अस्पतालमा अप्रेसनको व्यवस्था गरिएको हो।
उक्त आखा शिविर प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरदहवामा भोली बिहान ९ बजे देखि ३ बजे सम्म संचालनमा आउने भएको सेवाको मौका भरपर्दो लिन नगर प्रमुख डा राजिक आलमले बताए।
विषेश जानकारीको लागि आखा शिविरका फोकल पर्सन 9855047941 मा सम्पर्क गर्नुहोला।

