अरविन्द कुमार यादव
गौर,८ पुस।राजदेवी नगरपालिकामा आधुनिक कनभेन्सनल सेन्टर हाउस निर्माण हुने आशय पत्र निस्केको हो।रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ अन्तर्गत पर्ने मुडवलवा–ब्रह्मपुरी जोड्ने मुख्य सडक सँग जोडिएको स्थानमा करिब रु. अढाई करोड लागतमा आधुनिक कनभेन्सनल सेन्टर हाउस निर्माण हुने भएको छ।
नगरको सामाजिक, सांस्कृतिक तथा सार्वजनिक गतिविधि लाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ यो महत्त्वपूर्ण परियोजना अगाडि बढाइएको हो।
यस कनभेन्सनल सेन्टर निर्माणका लागि वडा नं. ७ निवासी विजय शंकर प्रसाद यादव, रुपलाल प्रसाद यादव, अर्मेन्द्र कुमार यादव, अनील कुमार यादव र जितेन्द्र प्रसाद यादव ले संयुक्त रूपमा करिब ८ कठ्ठा जग्गा निःस्वार्थ दान गर्नुभएको छ। सार्वजनिक हितका लागि गरिएको यो योगदान नगरको इतिहासमा उदाहरणीय र स्मरणीय कार्यको रूपमा लिइएको छ। जग्गादाताहरूको यस उदारता र सामाजिक जिम्मेवारीप्रति नगरवासीले उच्च सम्मान व्यक्त गरेका छन्।
यस योजनालाई मूर्त रूप दिन दिन–रात मेहनत गरी समन्वय, पहल र निरन्तर दौडधुप गर्नु भएका मित्र देवनाथ यादव को योगदान अत्यन्त प्रशंसनीय रहेको छ। उहाँको सक्रियता, लगनशीलता र सकारात्मक सोचकै कारण यो दीर्घकालीन महत्वको योजना व्यवहारमा उतारिन सफल भएको हो।
त्यसैगरी, नगर प्रमुख भिखारी प्रसाद यादवको सक्रिय नेतृत्व, चासो र निरन्तर पहल ले कनभेन्सनल सेन्टर निर्माण कार्य लाई गति दिएको छ। नगरपालिकाले यसलाई प्राथमिकतामा राख्दै आवश्यक प्रक्रिया अगाडि बढाएकोमा नगरवासीहरू खुशी र आशावादी देखिन्छन्।
कनभेन्सनल सेन्टर निर्माण पश्चात् नगर भि
त्र विवाह, धार्मिक कार्यक्रम, सभा, गोष्ठी, तालिम, सामाजिक भेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने छ। यसले नगरवासीलाई बाहिर अन्यत्र जानुपर्ने बाध्यता हटाउनुका साथै समय, खर्च र श्रमको बचत हुने अपेक्षा गरिएको छ।
सार्वजनिक हित, सहकार्य र सामूहिक प्रयासको उत्कृष्ट उदाहरण बनेको यो परियोजनाले राजदेवी नगरपालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने समाजिक अभियन्ता नविन सिंह ले बताउनु भएको छ । समाचार श्रोत :- नविन सिंह

)