अरविन्द कुमार यादव
गौर,८ पुस।रौतहटको परोहा नगरपालिकामा नगर प्रहरीको एक महिनासम्म सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम सम्पन्न अवसरमा आयोजित सम्मान कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख Shekh Wakil ले नवप्रशिक्षित नगर प्रहरीलाई सम्मानपत्र प्रदान गर्दै जिम्मेवारीबोध, अनुशासन र नयाँ जोशका साथ सेवामा समर्पित हुन आग्रह गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख, इन्जिनियर Dipendra Yadav , नेपाली काँग्रेस रौतहटका जिल्ला सचिव Ram Chandra Giri परोहा नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका वडा अध्यक्षहरू, सुरक्षाकर्मी, तालिमदाताहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख Shekh Wakil ले नगरको शान्ति–सुरक्षा, सेवा प्रवाह र नागरिकमैत्री प्रशासनमा नगर प्रहरीको भूमिका महत्वपूर्ण रहने बताउँदै जिम्मेवारीप्रति इमानदार र अनुशासित भएर काम गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी अतिथिहरूले नवप्रवेशी नगर प्रहरीसँग प्रत्यक्ष संवाद गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

)