नेकपा एमाले केन्द्रीय सदस्य अजय गुप्तालाई रौतहट क्षेत्र १ बाट प्रतिनिधि सभा निर्वाचनमा एकल नाम सिफारिस

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट, १९ पुस । नेकपा एमाले रौतहट क्षेत्र नम्वर १ को सम्पन्न भएको भेलाबाट प्रतिनिधि सभा उम्मेदवार बनाउन पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता अजयकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको क्षेत्रिय समितिको सम्पन्न भेलाले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारको रुपमा केन्द्रीय सदस्य गुप्ताको नाम सिफारिस गर्ने निर्णय गरिएको हो ।
क्षेत्रीय कमिटीको आयोजनामा सम्पन्न भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले गुप्ताको संगठनात्मक अनुभव, राजनीतिक योगदान र जनसम्पर्कलाई मूल्याङ्कन गर्दै सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरिएको बुझिएको छ ।
भेलामा वक्ताहरूले गुप्ता पार्टीभित्र लोकप्रिय र सक्षम नेता भएको उल्लेख गर्दै आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न सक्ने दाबी गरेका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय