डोटिम परिसंघको रौतहट जिल्ला भेला पौष २६ मा हुने

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट, पौष १९ । दलित,पिछडावर्ग, थारु, आदिवासी जनजाती अल्पसंख्यक परिसंघ (DOTIM) को रौतहट जिल्ला भेला तथा अन्तरक्रृया कार्यक्रम पौष २६ गते शनिवार हुने डोटिम संयोजक चन्देश्वर पासमानले वताउनु भयो । दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक मुस्लिम समुदाय एकढिक्का एकताबद्ध भएर आफनो हक अधिकार, शासन सत्तामा न्यायोचित भागिदारी, आर्थिक समानता, सामाजिक न्यायका लागि संघर्ष गरौ । एकथान सांसद, मन्त्रीका लागि अनुनय विनय नगरौ । स्थानीय सरकार देखि, प्रदेश र संघिय सरकारमा कार्यकारी पदमा दाबि गरौ । अधिकार मागेर खोसेरर लिनु पर्ने वेला भएको । हामी फुटेर होइन जुटेर सचेतता र जागरुक भएर लाग्यौं भने सम्भव छ । डोटिम परिसंघ यही मुल उद्देश्यले परिकल्पना गरिएको संयोजक पासमानले जानकारी दिए ।
कार्यक्रम जसपा नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा रौतहट जिल्लाको गौर स्थित श्री रामजानकी धर्मशालामा हुने भएको छ । उक्त अन्तरकृया कार्यक्रममा दलित,पिछडावर्ग, थारु,आदिवासी जनजर अल्पसंख्यक, मुस्लिम समुदायको व्यापक जनसहभागिता रहने र यो मधेश प्रदेशको चौथो जिल्ला हुनेछ यसभन्दा पहिला विरगंज र काठमाण्डौमा अन्तरकृया गर्दै मधेश प्रदेशका महोत्तरी, धनुषा र सिरहा जिल्ला भेला वाट जिल्ला समिति समेत निर्माण गरिसकिएको र अव रौतहट जिल्ला भेलावाट जिल्ला समिति समेत निर्माण गरिने डोटिम परिसंघ (DOTIM)का सल्लाहकार योगेन्द्र यादवले वताउनुभयो ।
(DOTIM) परिसंघ रौतहट जिल्ला भेला तथा अन्तरक्रृया कार्यक्रमको तैयारी तिव्ररुपमा भइरहेको र कार्यक्रम सफल वनाउन जनता समाजवादी पार्टि नेपाल जिल्ला कार्य समिति रौतहट पुर्णरुपमा व्यस्तरहेको (DOTIM) महासचिव शशि कपुर मियाँले वताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय