हिन्दु पत्रकार संघ नेपाल”को पहिलो जिल्ला शाखा सर्लाहीमा गठन

पछिल्लाे समाचार

सुवाश मंडल
सर्लाही ,२२ पुस। हिन्दु पत्रकार संघ नेपालको पहिलो जिल्ला शाखा सर्लाहीमा गठन गरिएको छ । सोमबार सर्लाहीको सदरमुकाम मलंगवा स्थित रहेको कुशुम होटलको सभा हलमा आयोजित हिन्दु पत्रकार संग सर्लाहीको घोषणा कार्यक्रम सफलतापुर्बक सप्पन्न भएको छ् । हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा पर्साको वीरगंजमा स्थापना भएको हिन्दु पत्रकार संघ नेपालको पहिलो शाखा सर्लाहीमा गठन हुन् सफल भएको छ् । घोषणा कार्यक्रमको अध्यक्षता पत्रकार मनोज यादव गरिरहेको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह आएका थिए ।

घोषणा सभामार्फत मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षमा प्रेमनाथ पौडेल र जितेन्द्र कुशवाहा, सचिवमा सन्तोष कर्ण, सह–सचिवमा संजय गुप्ता तथा कोषाध्यक्षमा सन्तोष कुमार यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुवाश कुमार मंडल,जितेश कुमार यादव,विवेक यादव,मनिषा कुशवाहा, चन्दन मिश्र, सुनिल राय, अमृता मुखिया र राम झा रहेका छन् । हिन्दु पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्ष राजन रौनियार आफ्नो मन्तव्य राख्दै भन्ने संघले हिन्दु धर्म, संस्कृति र सनातन मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारितामार्फत हिन्दु समुदायको आवाज सशक्त बनाउने लक्ष्य यो संगठनले लिएको छ् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह ,विशिष्ट अतिथिमा संघका केन्द्रीय अध्यक्ष राजन रौनियार, केन्द्रिय सचिव राजकुमार सर्राफ, केन्द्रीय सल्लाहकार एस.के. चौरसिया, केन्द्रीय सदस्य कन्हैया पटेल, संजय प्रसाद कुशवाहा, मिडिया काउन्सिल मधेश प्रदेश सदस्य बन्दना झा,हिन्दु सम्राट सेनाको केन्द्रिय उपाध्यक्ष कृष्ण यादव
अतिथि राष्ट्रिय बजरंग दलका धिरेन्द्र मिश्र, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह, एकल विद्यालय अभियान सर्लाहीका अध्यक्ष बद्री नारायण मिश्र तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय