लड्नुपर्छ भन्ने सोच छैन फाल्गुन २१ मा चुनाव – चौधरी

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट, २२ पौष । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका- १, पिपरा निवासी राजेश कुमार चौधरीले फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने विषयमा हालसम्म कुनै तयारी नरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचन लड्ने चर्चा चलेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै चौधरीले आफू अहिले चुनाव लड्ने वा नलड्ने विषयमा मानसिक रूपमा तयार नभएको स्पष्ट पारेका हुन्। मैले चुनावमा जाने कि नजाने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन, उनले भने, चुनाव नै लड्नुपर्छ भन्ने सोच पनि बनाइसकेको छैन।

चौधरीले वर्तमान समयलाई आत्ममूल्यांकन र आगामी योजनाबारे सोच्ने चरणको रूपमा लिएको बताउँदै राजनीतिक यात्राबारे कुनै ठोस निर्णय उपयुक्त समयमा मात्र लिने संकेत गरे। साथै, पार्टीभित्र तथा आम समर्थकहरूसँग छलफलपछि मात्रै आफ्नो आगामी कदम तय गर्ने उनको भनाइ छ।

उल्लेखनीय छ, चौधरीले २०७९ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले ११ हजार ४ सय मत प्राप्त गरेका थिए। यसअघिको निर्वाचन परिणामले उनलाई जिल्लामा चिनिएका युवा नेताका रूपमा स्थापित गराएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

हाल उनको प्रतिनिधि सभा निर्वाचनसम्बन्धी निर्णयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ भने चौधरीको आधिकारिक घोषणाको प्रतीक्षामा समर्थकहरू रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय