गुणस्तरीय स्वास्थ्य सेवाको आधार बन्दै प्रदेशीक अस्पताल गौर

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट,२७ पुस।सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्रदेशीक अस्पताल गौर, रौतहटका लागि निर्माणाधीन अस्पताल भवनको निरीक्षण गरिएको छ । निरीक्षण कार्यक्रम प्रदेशीक अस्पताल विकास समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो । ‎

 

‎निर्माणाधीन भवनलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्यले अनुगमन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने बताउँदै समयसीमा र गुणस्तर दुवैमा कडाइका साथ ध्यान दिन निर्देशन दिनुभयो । ‎ ‎अनुगमन कार्यक्रममा सघन सहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियरहरू, प्रदेशीक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय नि. प्रमुख प्रशासकीय अधिकृत राजेश सिह, ओम प्रकाश साह मधेशीया, निर्माण कम्पनीका ठेकेदार तथा अन्य प्राविधिक टोलीको सहभागिता रहेको थियो । ‎

 

‎निरीक्षणका क्रममा भवनको संरचना, निर्माणको प्रगति, प्रयोग गरिएका सामग्रीको गुणस्तर तथा सुरक्षाका मापदण्डहरूबारे विस्तृत छलफल गरिएको थियो । प्राविधिक टोलीले निर्माण कार्य सन्तोषजनक गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै तोकिएको समयभित्र काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ । निर्माण सम्पन्न भएसँगै प्रदेशीक अस्पताल गौरको सेवा प्रवाह थप प्रभावकारी हुने र रौतहटसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय