यमुनामाईमा प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ट राय यादव हाजिर

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,७माघ।रौतहटको यमुनामाई गाउँपालिकाले नयाँ हाकिम पाएको छ।गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामश्रेष्ठ राय यादव हाजिर भएका हुन् ।

मंगलबारका दिन ओकिल पाललाई सघीय मामिला तथा प्रशासन मन्त्रालयले सरुवा गरेको ठाउँमा विधिवत् रुपमा हाकिमको रुपमा रामश्रेष्ठ पदभार ग्रहण गर्नु भएको छ।

एक कार्यक्रम बिच यमुनामाई गाउँपालिका अध्यक्ष शेख साउदले आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ट राय यादवलाई ५१ किलोको फुल माला र गमछा खादा ओढाएर स्वागत तथा हाजिर गराएका छन् ।

हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ राय यादवलाई यमुनामाई गाउँपालिकाका कर्मचारी हर्षित भएर स्वागत गरेका थिए।स्वागत तथा हाजिर समारोहमा गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष नन्दलाल यादव ,३ का वडा अध्यक्ष शेख सजिर,५का वडा अध्यक्ष शिवेन्द्र साह लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय