अरविन्द कुमार यादव
रौतहट ,११ माघ।लामो समय देखि सक्रिय रहेका नेता रामेश्वर राय यादवद्वारा आवद्ध नेपाली कांग्रेस पार्टी परित्याग गरिएको छ।नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी रहेको हुदा सो मर्मको विपरीत रौतहट क्षेत्र नम्बर १ लगायत चारै क्षेत्रमा गैर नेपाली कांग्रेस नेतालाई प्रतिनिधि सभा सदस्य उमेदवारको टिकट बितरण प्रति ध्यानाकर्षण जनाउदै पार्टी परित्याग गरेको यादवले पत्रकार सम्मेलन गरि निजको हस्ताक्षरित सहित विज्ञप्ति सार्वजनिक गरेका छन् ।
जेन–जी को भावना अनुरुप क्षेत्रिय समितिले सिफारिस गरेपनि पार्टी हाइकमानले अन्य पार्टीबाट आएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाएको आरोप लगाउदै रामेश्वर प्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् ।
रौतहट सदरमुकाम गौर स्थित आफनै निवासमा आईतवार पत्रकार सम्मेलन मार्फत यादवले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्दै बालेन्द्र साहको नेतृत्वमा लडिरहेका उम्मेदवारलाई खुलेर साथ दिने घोषणा गरेका हुन् ।
२०४६ सालको जनआदोलनमा सक्रिय भुमिका निर्वाह गर्नुका साथै २०४८ र २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसको संसदीय प्रतिनिधिलाई जिताउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउदै यादवले फगुन २१ मा हुने निर्वाचनको लागि यस क्षेत्रबाट चार जनाको नाम सिफारिस भए जसमा आफनो नाम पनि समावेश भएपनि गगन थापाको नेतृत्वको काँग्रेस पार्टीले मेरो भुमिकाको कुनै मूल्याँकन नगरी सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई टिकट दिएर काँग्रेसका लोकतान्त्रिक परिपाटी माथि थापाले कालो धब्बा लगाएको हुँदा अब यस पार्टीमा रहिरहन अवश्यक नरहेको स्पष्ट पारे ।
नेपाली काँग्रेस परित्याग गर्दै घण्टीमा भोट गरेर बालेन्द्र साह नेतृत्वको सरकार बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न उनले क्षेत्र बासीहरु संग अपिल गरे ।


