शिवप्रसाद कुवरका सम्झनामा शहिद दिवस रौतहटमा मनाइयो

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१६ माघ।शिवप्रसाद कुवरको सम्झनामा रौतहटको सदरमुकाम गौरमा शहिद दिवस मनाइएको होशिवप्रसाद कुवरले राणा शासनको अन्त्य गर्न सहादत प्राप्त गरेका थिए।

देश र जनता विषम परिस्थितिमा परेको बेला निकास खोज्ने यात्रामा हिडे योद्धा मध्ये एक शिवप्रसाद कुवरले आफ्नो ज्यानको याहुती दिएर राणा विरुद्धको आन्दोलन गरेका थिए।

२००७ सालमा राणा शासनले देशमा जनता त्राहिमाम भएपछि व्यवस्था बदल्न शासक विरुद्ध आन्दोलन सुरु भएको थियो।जसमा रौतहटमा शिवप्रसाद कुवर आन्दोलनको अगुवाई गरिरहेका थिए।

राणा शासनका आवाजलाई समर्थन तथा आन्दोलन स्थगित गर्न न मानेपछी कुवरले छाती तानेर राणालाई चेतावनी दिएर भने गोली खान तयार छु तर सलेन्डर बोल्दैन सोही बिच छातीमा गोली खाएर सहादत दिए।

रौतहटको सदरमुकाम गौर स्थित जिल्ला अदालतको प्रांगणमा रहेको शालिकमा मालार्पण समाजसेवीद्वारा गरिएको छ।जसपा नेपाल नेता अनिल कुमार सिंह,नेपाली कांग्रेस पार्टी रौतहटको नेता बिन्दा सहनी र चिरञ्जीवी सिंह लगायतका नेता तथा समाजसेवीहरुले शिवप्रसाद कुवरलाई भावपूर्ण श्रद्धाञ्जली र सम्मान गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय