रौतहट, १० माघ । बाक्लो हुस्सु र निरन्तर रुपमा अकाशबाट झरिरहेको शीतको कारण रौतहट जिल्लामा अत्याधिक चिसो बढेका छन् ।
पश्चिमा हावा संग अकाशबाट निरन्तर रुपमा झरिरहेको शीत र बाक्लो हुस्सुको कारण घरबाहिर निस्कन सर्वसाधारण जनताहरुलाई अप्ठ्यारा स्थिति उत्पन्न भएका हुन् ।
मुटु काम्ने र हात खुटामा कठ्याँग्रीदो चिसोको कारण रौतहट जिल्लाको सामान्य जनजीवन अति नै प्रभावित बनेको छ ।
अहिले विहान पखको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयस रहेको मापन गरिएका छन् । हुन त हिजो अस्ती घाम लागेपनि चिसोमा कुनै कमी आएका छैनन् । सर्वसाधारणहरु पूर्ण रुपमा न्यानो लुगा लगाएर बस्नु पर्ने बुढापाकाहरुलाई घर बाहिर ननिस्कन एवं चिसो छल्न व्यवस्थापन गरिनुपर्ने देखिन्छ ।
तर यत्रा चिसो भईरहदा पनि केही स्थानीय तहहरु बाहेक अन्यले दाउरा नखसाल्दा सर्वसाधारणहरु सास्ती खेप्नु परेको बताइएको छ।तराई टप