रौतहट, १० माघ । गजेन्द्र स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरेर बुधवार मनाइएका छन् ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष पूर्व मन्त्री अनिलकुमार झाले मधेश र मधेशी जनताको लागि हक हित एवं अधिकार सुनिश्चिताको लागि गर्नुभएको योग्दानको चर्चा गर्दै गजेन्द्रबादी सिंद्धान्तबाट अहिलेका मधेशवादी दलहरु विमुख भएको कारण मुलुकको अवस्था कमजोर बन्दै गएको बताए ।
नेता झाले आफू जिवित रहुन्जेल सम्म गजेन्द्र बाबुले देखाएको सिंद्धान्तमा हिड्ने भएको सच्चा योद्धा भएको स्मरण गर्दै नेपालमा मधेश मधेशी प्रति हेर्ने दृष्टिाकोर्णलाई परिवर्तन गर्दा आज मधेशवादी दलहरु नक्कल गर्दा विभिन्न खाले विचलन आएकोमा दुख व्यक्त गर्दै गजेन्द्र नारायण सिंह मधेश र मधेशी जनताको हितमा निरन्तर रुपमा काम गरेको कारण आज मधेशी जनताहरुले केही भएपनि अधिकार पाएको स्मरण गराए।
गजेन्द्र स्मृति अस्पताल परिसर, रौतहटमा गजेन्द्र बाबु, मधेशवादको लागि काम गर्दै नेता गण प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्दै पूर्व मन्त्री झाले मधेश, प्रदेश, समानता, अधिकार प्राप्तिको लागि आत्मसम्मान गरी आफनो ज्यान न्यौछावर गर्ने ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धांजली अर्पन गरी स्मृति सभाको आयोजना गरिएको चर्चा गरे ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा गजेन्द्रवादी नेता अनिल कुमार सिंह, लिला प्रसाद साह, विष्णु नारायण चौधरी, अवधलाल यादव, शिक्षक नेता जयानन्द ठाकुर, विश्वम्भर यादव, वडाध्यक्ष द्वय शेख वहाव एवं हरिशंकर पाण्डेय, वडा सदस्य मीना कुमारी, शेख साबिर, शेख हासीम, विद्यार्थी सलमान खान एवं रोहित साह लगायतको वक्ताहरुले गजेन्द्र बाबु प्रति भावपूर्ण श्रद्धांजली व्यक्त गर्दै गजेन्द्र बाबु ले देखाएको मार्गमा सधै हिड्ने र संघर्षरत रहने प्रतिबद्धता दोहर्याए ।तराई टप