अरविन्द कुमार यादव
रौतहट ,१८ जेष्ठ ।गाउँपालिका अन्दर भइरहेको विकास निर्माणकार्यको गापा प्रमुख शम्भु सिंहद्वारा अनुगमन तिब्र पारिएको छ।
रौतहटको दुर्गाभवती गाउपालिका क्षेत्र भित्र निर्माणकार्यको गापा अध्यक्ष शम्भु सिंहले अनुगमन गरेका छन् ।
गाउँपालिका अध्यक्ष शम्भु सिंहले दुर्गाभगवती गाउँपालिका वर्डा नम्बर २ भलोहिया बिचली पोखरीको सौन्दर्यीकरण निर्माणकार्यको अनुगमन स्थानीयको रोहबरमा गरेका हुन् ।
सौन्दर्यात्मक तरिकाले सुन्दर तथा रमणीय पालिका बनाउने उदेश्य राखेर आफ्ना गाउँपालिका अन्तर्गतको विभिन्न बिकासका योजना निर्माणकार्य समेत अनुगमन गरेको उनले बताए।