अरविन्द कुमार यादव
रौतहट ,१२ भदौ।मधेशकर्मी अभिमनु पटेलले अनाथ आश्रमलाई खाद्यान्न सहयोग दिएर जन्मोत्सव मनाएको हो।
मधेश प्रदेश अनलान तथा रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेश कोषाध्यक्ष युवा पत्रकार अभिमनु पटेलले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकाको लागि खाद्यान्न समाग्री सहयोग गरेका छन् ।
रौतहटको मध्यभाग अवस्थित गरुडा नगरपालिका वर्डा नम्बर ४मा रहेको अनाथ आश्रमलाई निडर,दयालु स्वभावका धनी व्यक्ती अभिमनु पटेलले जन्मोत्सवको खर्च वापतको रकम अनुसार खाद्यान्न समाग्री दिएर सहयोग गरेका हुन् ।
हरेक वर्ष झै यश वर्ष पनि अनाथालयलाको बालबालिकाहरुलाई खानेकुरा लगायतका समाग्री लिएर गरुडा अनाथ आश्रम पटेल पुगेका थिए।
यश अनाथ आश्रममा २५ जना बालक रहेकोलाई केही माया तथा स्नेह दिएर पत्रकार अभिमनु पटेलले जन्मदिन आफ्नो मनाए।
रौतहट जिल्लाको गरूडा नपा वडा नं ४ स्थित रहेको बंशीराम अनाथाल्य आश्रममा २५ जना बालबालिका रहेको छ जसको यो संसारमा न आमा छ, न बुवा, न कुनै परिवार, न कुनै सहयोग वा सहारा त्यस्तो टुहरा बालिकालाई केही दिन आफू नसकेपनि एकछिन अनुहारमा खुशी दिने प्रयास मात्र आफ्नो जन्मदिनको अवसरमा साथीभाई, आफन्त, इष्ट, मित्र लगायतलाई महंगो होटल, रेष्टुरेन्ट, पार्टी पैलेस वा अन्य ठाउँमा रक्सी, मासु, भोजभतेरको नाममा खर्च नगरी जसको संसारमा कोही छैन ती बालिकालाई एकछाक खाना पुगोस् उदेश्यले समाजमा एउटा परिवर्तनको समेत हुने खालको सन्देश सबैको मनमस्तिकमा बसोस चाहना साथ आज विभिन्न खाद्यान्न सामाग्री सहित पुगेको थिए ।
खाद्यान्न सामाग्री चामल, आलु, प्याज, चिनी, नुन, चिउरा, चायपती, दाल, खाने करूवातेल, फ्रुटी, डालबुट, चोकोपन, चक्लेट, मिठाइँ, स्वाबिन, अगरबती, लगाउने नारियल तेल, नुहाउने साबुन, कपडा धुन साबुन, कपडा धुन सरफ लगायतको सामान बंशीराम अनाथालय आश्रमका संस्थापक अध्यक्ष जसले आफ्नो छोराछोरीबाट आफ्नो अंशमा पर्ने जग्गा छुट्टयाएर अनाथ आश्रम संजालमा ल्याउनु भएका आदरणीय सम्मानित व्यक्तित्व श्री बंशीराम प्रसाद जयसवाल बाबा ज्यूलाई हस्तान्तरण गरेको पटेलले बताए।
जन्मोत्सव मनाउन गएका पत्रकार अभिमनु पटेल सहित जसपा नेपाल नेत विवेक कुमार यादव ,पत्रकार अरविन्द कुमार यादव,समित कुमार यादव(अरविन्द ) ,हनुमत यादव र सुभास राजा लगाएतको उपस्थितिमा सो समाग्री सहयोग गरिएको छ।