विपद नागरिकको पीडा सम्बोधन गर्न नसके सरकारले आफै बाध्य पारेको सशक्त आन्दोलनमा जाने चेतावनी 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,४ कार्तिक ।बाढीका कारण प्रभावित भएर पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा नगरे पछि गौर, माधवनारायण, बौधिमाई, ईशनाथ र यमुनामाईका पालिका प्रमुखहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।

असोज मसान्तमा तीन दिन भएको  अविरल वर्षाको कारण मिति २०८१/०६/१३ गते रौतहट जिल्लाको अधिकाशं भागमा भिषण बाढी आउनुको साथै जिल्लाको पूर्वमा रहेको वाग्मती नदीले गढीमाई न.पा.को लक्षमीपुर र धर्मपुर तथा राजदेवी न.पा. को बाध वाढीले कटान गरेको त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल बकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बारिया, स्थानमा बाध बाढीले कटान गरेको कारण अधिकाशं, जिल्ला वासी पिडित भई किसानको हजारौ बिघा जग्गा धान वाली पूर्ण रुपमा नष्ट हुनको साथै व्यपारिक प्रतिष्ठान हरुको सामाग्रीहरु नष्ट भएकोले देश को विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभिन्न स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेश कै कुनै पनि स्थानीय तहलाई वाढी संकटग्रस्त क्षेत्र घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार हुनुको साथै रौतहट जिल्लावासी संग अन्यायपूर्ण व्यवहार गरेको ठहर गर्दा नागरिक समाजको अगुवाई मा मिति २०८१/०६/२१ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सौपिएकोमा रौतहट जिल्लाको किसान एवं व्यापारी वर्गलाई पर्न गएको असहनीय पिडा राज्यबाट अविलम्ब संवोधन हुन नसकेकोले नेपाल सरकार विरुद्ध हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरण वद्ध आन्दोलन प्रारम्भ गर्ने निर्णय

भएको व्यहोरा प्रमुख जिल्ला अधिकारी एवं नेपाल सरकारका सम्बन्धित निकायलाई जानकारी गराउने निर्णय गरिएको क्रममा नेपाल सरकार गृह मन्त्रालयको नेपाल राजपत्र खण्ड ७४ असोज २१ गते २०८१ साल अतिरिक्ताङ ३३ मा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको विभिन्न ५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा सो तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भई वागमती र लाल बकैया नदी छेउमा रहेको गौर नगरपालिका, माधव नारायण नगरपालिका, ईशनाथ नगरपालिका, बौद्धीमाई न.पा. र यमुनामाई गाउँपालिका वाढी बाट अति प्रभाबित भए पनि विपद संकटग्रस्त क्षेत्र घोषणा नगरी पिडितलाई राज्यले संवोधन गर्न इन्कार गरेको महशुश भएकोले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न छुट हुनुको साथै स्थानीय तहबाट प्रभावित जग्गाको विवरणमा समेत जिल्ला प्रशासन कार्यालय, रौतहट बाट क्षेत्रफल घटाई कायम भएको विवरण संसोधन हुने गरी गौर नगरपालिका, माधवनारायण नगरपालिका, ईशनाथ नगरपालिका, बौद्धीमाई नगरपालिका र यमुनामाई गाउँपालिकालाई अविलम्व विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न जोडदार माग ज्ञापनपत्र उल्लेख गरिएको छ।

गौर नगरपालिका मेयर शम्भु साह,माधव नारायण नगरपालिका मेयर बैजनाथ यादव ,ईशनाथ नगरपालिका मेयर कौशल्या देवी र बौधिमाई नगरपालिका मेयर प्रदिप लगायत संबंधित पालिका वर्डा अध्यक्षहरु समेतको सहभागितामा ज्ञापनपत्र बुझाइएको छ।

अत विपद पीडित नागरिक पिडा सम्बोधन गर्न न सके सरकारले आफै बाध्य पारेको आन्दोलनको सम्पूर्ण जिम्मेवार हुने पत्र लेखिएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय