अरविन्द कुमार यादव
रौतहट ,२८ कार्तिक ।जनमतको नेता भन्दै गाली गलौज गरेको कारण चौरसीया प्रहरी हिरासतमा परेको हो।
आफूलाई जनमतको नेता भन्दै शाखा अधिकृतलाई अशब्द भाषा गाली गलौज गरेको कारण परोहा नगरपालिका वडा नं ८ मोतिपुरमा बस्ने पुकार चौरसियाको छोरा बिरेस चौरसियालाई जिल्ला प्रशासन कार्यालय गौर रौतहटले पक्राउ गरि पत्र सहित जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत थुनामा पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय गौर, रौतहटको शाखा अधिकृत ओमप्रकाश यादवलाई नागरिकता बनाउने बिषयमा आफू जनमत पार्टीको नेता तथा पूर्व प्रदेशमन्त्री बसन्त कुशवाहाको स्वकीय सचिव रहेको भन्दै धाकधम्की र गालीगलौज गरेकोले चौरसियालाई प्रहरीले पक्राउ गरि थुनामा राखेको छ ।