अध्यक्ष पदमा राकेश कुमार झा निर्बिरोध चयन

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,२ मंसिर ।नेपाल औषधि व्यवसायी संघ रौतहटको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम गौरको होटेल सिया पैलेशको हलमा आज सम्पन्न भएको छ ।

संघको दोस्रो जिल्ला अधिवेशन सचिन खण्डेवालको अध्यक्षता तथा मधेश प्रदेश समिती महासचिव पप्पु झाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो।

 

नेपाल औषधि व्यवसायी संघ गौर रौतहटको दोस्रो जिल्ला अधिवेशनबाट राकेश कुमार झाको अध्यक्षतामा १४ सदस्यीय समिती गठन भएको छ।

अध्यक्ष पदमा राकेश कुमार झा,वरिष्ठ उपाध्यक्ष पदमा-राजबहादुर  ठाकुर,महासचिव पदमा रामानन्द साह,मुना रस्तोगी,सचिव पदमा ईलियास अंशारी,जनार्दन राउत,नवराज,जगरनाथ मिश्र,नवीन चौधरी ,हरेद्र जि,रघुनाथ जि,दिपेन्द्र साह सहित सदस्य पदमा निर्बिरोध चयन भएका छन् ।

निर्वाचित अध्यक्ष झाले भने मेरो कार्यकालमा कार्यालय स्थापना गरेर सबै व्यवसायीहरु गुनासो र समस्या सामाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।प्रत्येक महिनामा एक दिन कार्यसमितिको बैठक बसेर सम्पुर्ण व्यवसायीहरूले गरेको काम र भोगेको व्यथालाई समिक्षा गर्ने जस्ता कार्यको अग्रपंक्तिमा राखेर आफ्नो कार्यकाल बिताउने उद्घोष गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय