अरविन्द कुमार यारव
रौतहट ,२९ पुस।माधव नारायण नगरपालिकामा खेलकुद सप्ताह २०८१को उद्घाटन भएको छ।माधव नारायण नगरपालिका वर्डा नम्बर ६स्थित रहेको श्री माध्यमिक विद्यालय माधोपुरको प्रांगणमा आयोजित खेलकुद सप्ताह २०८१ को उद्घाटन मेयर बैजनाथ यादव(बैजु)द्वारा गरिएको छ ।
श्री माध्यमिक विद्यालय माधोपुरको आयोजनामा भएको खेलकुद सप्ताह २०८१को प्रमुख अतिथिको रुपमा माधव नारायण नगरपालिकाको मेयर बैजनाथ यादव रहेको थियो।
श्री माध्यमिक विद्यालय माधोपुरका प्रधानाध्यापक राम सिंहासन कुमार खेलकुद सप्ताहको अध्यक्ष भएको नाताले भने आयोजना गरिएको खेल प्रतियोगिता भएमा हाम्रो विद्यालय कप लगिएको निश्चित पारे।
यो खेलकुदको सुरुवात शैक्षिकसत्र २०८० देखि नै भएको र श्री माध्यमिक विद्यालय माधोपुरले मात्र गरेको प्रस्ट पारे।माधव नारायण नगरपालिका भित्रका सब भन्दा पहिले हाम्रो विद्यालय खेलकुदको आयोजना गरेको र यस्ता खेलकुद जिल्ला स्तर हुनु पर्ने तर विडम्बना भनौं तर पालिका या जिल्लाले विद्यालय स्तरमा खेलकुद सप्ताह आयोजना गरेमा मावी माधोपुर मुख्य बिजेता हुने दावी गरे।
रौतहट जिल्लाका शिक्षा ईकाई तथा पालिकाहरुले यस्ता खेलकुदको प्रारम्भ गरेको छैन एक मात्र श्री माध्यमिक विद्यालय माधोपुरले गरेको अवगत गराएको उनले भने।
४ वटा टीम तयार पारेर कुर्सी खेल गराएर खेलको सुरुवात भएको शिक्षक संजय दासले भने अरु खेलहरु खेलाएर अभियासी बनाई उत्कृष्ट खेलाडी बनाउनेतर्फ प्रधानाध्यापक रामसिंहासन कुमारको उदेश्य रहेको बताए।
उक्त कार्यक्रममा उपप्रमुख ,सबै वडा अध्यक्ष , बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा पालिकामा रहेका बिद्यालयहरुका प्रधानाध्यापकका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो।