अरविन्द कुमार यादव
रौतहट ,०४ असार ।नेपालमा सँघियता लागू भईसकेपछि तिन तहको सरकार रहेको छ । तिन तहको सरकार मध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानिय सरकार हो। स्थानीय तहलाई सिंह दरबारको अधिकार गाउँघरमा उपल्ब्ध गराउने गरी धेरै जसो अधिकार स्थानिय सँचालन ऐन २०७४ अनुसार प्रत्यायोजन गरीएको छ।
स्थानीय तह ( स्थानिय सरकार ) २०७२ सालमा स्थापना भई २०७४ सालमा पहिलोपल्ट स्थानिय निर्वाचित भएको थियो। भने दोस्रो कार्यकालको लागि २०७९ सालमा निर्वाचन भई दोस्रो कार्यकालको झण्डै तिन बर्ष पुग्न लागेको छ।
पहिलो कार्यकाल र दोस्रो कार्यकालको तिन आर्थिक बर्षमा रौतहटको कटहरिया नगरपालिकामा नगरसभा तोकिएको मितिमा सम्पन्न नभएको ईतिहास स्थानीयहरु बताउने गरेका छन्। तर आर्थिक वर्ष २०८२/०८३ कोलागि ११ औ नगरसभा नगरप्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराको कुशल प्रशासकीयले मँगलबार पहिलो मितिमा शान्तिपूर्ण रुपले सम्पन भएको छ।
शान्तिपुर्ण रुपले तोकिएको पहिलो मितिमा नै ११ औं नगरसभा सम्पन्न भएकोले नगरबासीहरु सहित नगरपालिकाको कार्यपालिका सदस्य, नगरपालिकाको कर्मचारीहरु तथा उपस्थिति सँचारकर्मि , सुरक्षाकर्मीहरुले नगरप्रमुख अजय प्रकाश र प्रमुख प्रशासकीय अधिकृत लहेराको खुलेर नै प्रशाँसा गरेका छन्। साथै प्रमुख प्रशासकीय अधिकृत लहेराको कार्यालयमा बिकासको अनुभुति हुने विश्वास समेत लिएको आशा उत्पन्न भएको छ।
११ औं नगर सभामा नगरपालिकाको नगरप्रमुख अजय प्रकाशले आर्थिक बर्ष २०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ५४ करोड २५ लाख ५२ हजार चार सय ७५ रुपैयाको आय व्यय प्रस्तुत गरेका छन्।
निति तथा कार्यक्रम सहित आय व्यय प्रस्तुत गर्ने क्रममा नै नगरप्रमुख अजय प्रकाशले नगरपालिकाको कार्यालय वा जनप्रतिनिधिले मात्र नगरपालिका बिकास गर्न नसक्ने भएकोले सम्पुर्ण नगरबासीको साथै र सहयोगको आवश्यकता रहेको बताएका छन्। साथै आर्थिक वर्ष २०८२/०८३ मा नगरको सामाजिक न्याय सहित पूर्वधार विकासमा जोड दिदैं आर्थिक विकास निर्माणकार्य , सामाजिक विकास, शिक्षा तथा कृषि विकास लगायत अन्य कार्यको लागी बिभिन्न शिर्षकलाई प्राथमिकता दिएको बताएका छन्।
नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले जनमुखी काम गर्न सुझाव दिएका थिए। कार्यक्रममा उपमेयर रिता देवी यादवले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न वक्ताहरुले नगरसभा उदघाटनसत्रको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा केही असन्तुष्ट वडा अध्यक्षहरु अनुपस्थित रहेका थिए। नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले मेयरको पक्षमा बहुमत रहेको दाबी गरेका छन् ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु सहित बिभिन्न वडाको वडा अध्यक्ष, नगरबासी, नगरपालिकाको कर्मचारीहरु, बिधालयको प्रधानाध्यापकहरु , बिभिन्न मिडियाको सँचारकर्मि र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।