जसपा,नेपाल मधेश समिति अधिवेशन यही असोज २७ गते बाट सुरु हुने

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,१२ असोज ।जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिती अधिवेशन असोज महिनामा हुने तयारी चरिरहेको हो।प्रदेश समिती अध्यक्ष बालकिशोर यादव ज्युका अध्यक्षतामा कार्यकारिणी समिती बैठकद्वारा यही असोज २७ र २८ गते जनकपुर धाम (निधि भवन)मा हुने निर्णय गरिएको छ।

पार्टी प्रतिनिधि लगभग ७ सय द्वारा प्रदेश समिती अध्यक्ष पद लगायत ५१जनाको पदाधिकारीहरुलाई चुन्ने मौका पाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल मधेश समिती अधिवेशनबाट अध्यक्ष १,उपाध्यक्ष -३,मुख्य सचिव -१,सचिव -३,कोषाध्यक्ष समेत बढीमा ५१ जना सदस्य निर्वाचित हुने प्रक्रिया रहेको कार्यालय सचिव दिनेश कुमार यादवले बताएका हुन् ।

यही असोज २१ गते रौतहट जिल्ला भरिका प्रादेशिक क्षेत्रगत प्रतिनिधि छनौट गरेर प्रदेश समिती अध्यक्ष र निर्वाचन मण्डल समक्ष पुर्याउने तयारी भइरहेको छ।

 

भदौ २२ र २३ गते तय गरिएको प्रदेश अधिवेशन जेन जि आन्दोलनबाट प्रभावित हुदा हिजो शनिबार प्रदेश समिती (कार्यकारिणी समिती) द्वारा असोज महिना भित्र अधिवेशन (असोज २७ र २८गते) गरिने निर्णय कार्यालय सचिव दिनेशले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय