रौतहटमा सांसद प्रत्यासी अजय गुप्ता गरे दुर्गा मन्दिरमा पूजाअर्चना एवं आशिर्वाद ग्रहण

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१४ असोज।रौतहट क्षेत्र नं १ का संघीय सांसद प्रत्यासी तथा नेकपा एमाले जिल्ला इञ्चार्ज, युवा प्रभावशाली नेता आदरणीय अजय कुमार गुप्ता ज्यू आज बिहानै विभिन्न धार्मिक स्थल तथा शक्ति पीठहरूमा पुगेर पूजाअर्चना गर्दै दुर्गा माताको दर्शन एवं आशीर्वाद ग्रहण गरेका छन् ।

बडा दशैँको अवसर पारेर गुप्ता ज्यूले आफ्नो निर्वाचन क्षेत्रमा रहेका श्री दुर्गा माता मन्दिर लगायतका दुर्गा पूजा स्थलहरूमा पुगेर भक्तिभावपूर्वक पूजा गरेका हुन् । यस क्रममा उनले आफ्नो धार्मिक परम्परा, संस्कृति र मौलिकतालाई उजागर गर्दै “हाम्रो पहिचान भनेको हाम्रो सभ्यता, संस्कृति र धार्मिक मूल्य मान्यता नै हो” भन्दै सधैं यसैलाई संरक्षण र प्रवर्द्धन गर्न अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

बिजयादशमी जस्तो महान पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्दै गुप्ता ज्यूले क्षेत्र, जिल्ला, प्रदेश, सम्पूर्ण नेपाल र विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि दुर्गा मातासमक्ष प्रार्थना गरेका थिए ।

यस अवसरमा गुप्ता ज्यूले रौतहट क्षेत्र नं १ का लगभग सबै स्थानहरूमा भव्यरुपमा दुर्गा पूजा भइरहेको जानकारी दिंदै सम्भव भएसम्म सबै ठाउँमा पुग्ने प्रयास भइरहेको बताए ।

पूजाअर्चना कार्यक्रममा समाजसेवी प्रभु प्रसाद जयसवाल, नेकपा एमाले गौर नगर अध्यक्ष भैरव प्रसाद पटेल लगायत स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारण भक्तजनहरूको सक्रिय उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय