रौतहट,१५असोज । बौधिमाई नगरपालिका प्रथम मेयर राजिव रंजन यादवद्वारा मुर्तीको आँखा खोलिएको छ।रौतहटको बौधिमाई नगरपालिकामा विजयादशमीको सातौं दिन माताको नेत्र मिलन (आँखा खोल्ने) समारोह भव्यताका साथ सम्पन्न भएको छ। सोमबार फुलपातीको यस विशेष अवसरमा पूर्व नगर प्रमुख तथा जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवको प्रमुख आतिथ्यमा नगरपालिकाको तीन स्थानमा विधिवत रूपमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
त्यस्तै नगरपालिका भित्र रहेका वडा नं. ४ ईनवारी, वडा नं. २ इनर्वा र वडा नं. ७ बंकुलमा आयोजना गरिएको धार्मिक अनुष्ठान दुर्गा पूजामा रिबन काटी यादवले कार्यक्रमको शुभारम्भ यादवले गरेका थिए। माताको आँखा खोली विधिपूर्वक पूजापाठलाई सुचारू गरेका थिए, जसले स्थानीय तथा अन्य स्थानबाट आएका श्रद्धालुहरूको ठूलो भीडले पूजा स्थल आकर्षित भएको थियो । उक्त अवसरमा दुर्गा पूजा समिति इनर्वाद्वारा पूर्व मेयर यादवलाई प्रमुख अतिथिको रूपमा विशेष सम्मान गरिएको हो । आदय शक्ति दुर्गा पूजा समिति इनर्वाले उहाँलाई दोसल्ला ओढाएर, फूलमाला र टीका लगाई सम्मान गरेका हुन ।
यसै गरी कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई गमछा ओढाएर र धार्मिक कार्यक्रममा समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, बौधिमाई नगरपालिकाको वडा नं. १ का वडा अध्यक्ष रामजोधी राउत कुर्मी, वडा नं. ३ का वडा अध्यक्ष मणिभूषण साह, वडा नं. ७ का वडा अध्यक्ष नरेन्द्र कुमार सिन्हा, जसपा नेपालको युवा नेता विवेक कुमार यादव, वडा नं २ इनर्वाका पूर्व वडा अध्यक्ष रामबाबू प्रसाद कुशवाहा, जसपा नेपाल बौधिमाई नगरपालिकाका नगर अध्यक्ष हृदय नारायण राय यादव, नगर उपाध्यक्ष मोतिम हासमी, नगर सचिव रामाकान्त कुमार पटेल, वडा प्रत्याशी सिकेन्द्र यादव, सरमुजवा निवासी वडा नं ९ का वडा प्रत्याशी युवा नेता सुमेश्वरनाथ प्रसाद जयसवाल, कार्यपालिका सदस्य बिहारी ठाकुर, पिपरिया निवासी युवा नेता गजाधर राय यादव, अशेसर राय यादव, दिनेश राय यादव, प्रमोद यादव, राजकुमार पटेल, नवलकिशोर पटेल, अखिलेश यादव लगायत नगरपालिकाभरिका विभिन्न नेता, कार्यकर्ता, समाजका अगुवा,भद्र भलादमीहरू, श्रद्धालु भक्तजन लगायत सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।
प्रमुख अतिथी प्रथम मेयर राजिव रंजन यादवले भने भाइचारा र एकाग्रह को प्रतीक मानिने महा सप्तमी पुजन हो ,जसमा महाशक्तिको आँखा खुल्ने र ज्योती फैलिने जनमानसमा आस्था रहेको उनले बताए।


