मधेश भवन अगाडि सात दलको आन्दोलन जारी, प्रहरी लाठीचार्जविरुद्ध प्रदर्शन तीव्र

पछिल्लाे समाचार

 

जनकपुरधाम ,२६ कार्तिक । मधेश प्रदेशको राजधानी जनकपुरस्थित मधेश भवन अगाडि सात दलको संयुक्त आन्दोलन निरन्तर जारी रहेको छ। हिजो प्रहरीद्वारा गरिएको लाठीचार्जको विरोधमा आज आन्दोलनकारीहरूको उपस्थिति झन् बढेको छ।
आन्दोलनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा नेपाल, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूको बलियो सहभागिता देखिएको छ। उनीहरूले “संविधानको रक्षा गर”, “संघीयता बचाउ”, “असंवैधानिक सरकार खारेज गर” लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक तथा प्रदेश सांसद रामअशिष यादवले मधेश प्रदेशमा असंवैधानिक तरिकाले बनेको सरकार तत्काल बर्खास्त गर्न माग गरेका छन्। उनले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठन गरी संविधान र संघीयताको मर्यादा कायम गर्नुपर्ने बताएका छन्।

यादवका अनुसार मधेश प्रदेशमा राजनीतिक नैतिकता र संवैधानिक प्रक्रियाको अपमान गर्दै गरिएको मुख्यमन्त्री नियुक्ति संघीयता र लोकतन्त्र दुवैका लागि गम्भीर खतरा हो। उनले भने, “संविधानले तोकेको स्पष्ट प्रक्रिया उल्लंघन गरेर बनेको सरकार कुनै पनि हिसाबले वैधानिक हुन सक्दैन। यस्तो सरकारलाई तत्काल बर्खास्त गरी संसदको बहुमतका आधारमा नयाँ सरकार गठन गर्नुपर्छ बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय