अरविन्द कुमार यादव
रौतहट ,३ पुस। लोजपा रौतहटले चार वट्टै प्रतिनिधि सभा क्षेत्रका उमेदवार सिफारिस गरेको हो।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले केन्द्रीय कार्यालयको निर्देशन बमोजिम आगामी २०८२ फाल्गुन २१ गते हुने संसदीय निर्वाचनका लागि रौतहट जिल्लामा थप उम्मेदवार सिफारिस गरेको छ ।
लोसपा जिल्ला अध्यक्ष भरत साहका अनुसार मिति २०८२ मंसिर २६ गतेमा भएको निर्णयअनुसार केही संसदीय क्षेत्रमा उम्मेदवार छनोट थप गरिएकाले प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइएको हो ।
सिफारिसअनुसार संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ बाबुलाल साह, अनिल सिंह र मुकेश झा रहेका छन् भने सोही क्षेत्रमा समानुपातिकतर्फ राजदेवी नगरपालिका–८ का जितेन्द्र कुमार पण्डित (कुमहार) को नाम सिफारिस गरिएको छ ।
संसदीय निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ गौर नगरपालिका–९ का अरुण कुमार सिंह सिफारिस भएका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ कटहरिया नगरपालिका–८ का राजु कुमार श्रीवास्तवलाई उम्मेदवारका रूपमा अघि सारिएको छ ।
त्यसैगरी, संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ भाग्यनारायण तिवारी तथा समानुपातिकतर्फ गढीमाई नगरपालिका–४ का कुमार सानु साह सहितका नाम सिफारिस भएका छन् ।
उक्त निर्णय केन्द्रीय उपाध्यक्षद्वय निलम बर्मा र बाबुलाल साह, केन्द्रीय सदस्य रामप्रवेश दास, लोसपा मधेस प्रदेश सचिव ओमलोक पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा भएको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।
उनका अनुसार समानुपातिक तर्फ निलम बर्मा,प्रभा सिंह, इन्दु दास लगायतका नामहरू सिफारिसमा समावेश छन् ।

